आठपालिकाको मूल्यांकनमा त्रियुगा प्रथम, लिम्चुङबुङ अन्तिम

Logo
बुधबार, भाद्र २६, २०८१

उदयपुर । उदयपुरका आठ पालिका मध्ये त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट स्वास्थ्य शाखा बन्न सफल भएको छ । भने लिम्चुङबुङ गाउँपालिका आठौं नम्बरमा परेको छ ।

स्थानीय तहहरुबाट आ.व. २०८०/०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकनमा त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखा उत्कृष्ट बनेको हो ।

स्वास्थ्य कार्यालय उदयपुरमा मिति २०८१।०५।२४ र २५ गते भएको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा कार्य प्रगतिको मुल्याङ्कनमा ८ वटै स्थानीय तहहरू मध्य त्रियुगा नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिनु भयो ।

निरौलाका अनुसार स्वास्थ्य शाखाले गर्नु पर्ने कार्यहरुको विभिन्न सूचकको आधारमा कटारी नगरपालिका दोस्रो र रौतामाई तेस्रो बनेका छन ।

आधारभुत स्वास्थ्य सेवा प्रवाह, खोप कार्यक्रम, पोषण कार्यक्रम, आमा सुरक्षा कार्यक्रममा स्थानीय तहले खेलेको भुमिकाको आधारमा लिम्चुङबुङ गाउँपालिका आठौं नम्बरमा परेको छ भने बेलका नगरपालिकाले सातौं स्थान ल्याउन सफल भएको सूचना अधिकारी निरौलाले जानकारी दिनुभयो ।

उत्कृष्ट पालिकालाई स्वास्थ्य कार्यालयका प्रमुख बृज कुमार दासले मंगलबार एक समारोह विच नगरपालिका र गाउँपालिकालाई स-सम्मान प्रशंसा-पत्र प्रदान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry