आफू खुसी संविधान संशोधन स्वीकार्य हुदैन — माधव नेपाल

Logo
शनिबार, भाद्र २९, २०८१

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन एमाले र काग्रेसले आफु खुसी संविधान संशोधन गरे स्वीकार्य नहुने बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार उदयपुरको गाईघाटमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

नेता नेपालले काग्रेस र एमालेले साना दललाई सिध्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए कडा प्रतिवाद गरिने बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री भएका समयमा देशको विकासका लागि धेरै काम भएको घरघरमा रोजगार ,सहकारी तथा सहकारी आन्दोलन र अन्य समस्या समाधानकालागि लागि परेको र हुलाकी सडक योजना, मध्यपहाडी पुष्पलाल लोकमार्ग लगायतका कामहरु अघि बढाइएको दावी गर्नु भएको छ ।

नेकपा एकीकृत समाजवादी उदयपुरका अध्यक्ष विनोद कुमार खड्काको अध्यक्षतामा भएको सो सन्देश सभामा सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा, पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी संविधानसभा सदस्य दुर्गा परियार, केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, पूर्व कोशी प्रदेशसभा सदस्य सुनिता चौधरी लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry