त्रियुगाले आफ्नै नगर अस्पताल आज बाट संचालन गर्ने

Logo
बिहिबार, आश्विन ०३, २०८१

गाईघाट । त्रियुगा नगरपालिकाले आज देखि देउरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरन्नोती गरि नगर अस्पताल संचालन गर्ने भएको छ । नगरपालिकाकै लगानीमा संचालित अस्पतालको आज संविधान दिवसको अवसर पारेर नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु हुने भएको छ ।

पालिकाले संचालनमा ल्याएको अस्पतालमा ओपिडी सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा सहित केही विशेषज्ञ सेवा समेत दिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।

नगर प्रमुख संचालन समितिको अध्यक्ष रहने गरि संचालनमा ल्याएको नगर अस्पतालको संचालन समितिमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ५ को वडा अध्यक्ष, सामाजिक शाखा प्रमुख सदस्य रहने छन ।

नगर अस्पताल मार्फत जनतालाई २४ घन्टा सेवा उपलब्ध गराई जनताको स्वास्थ्य उहाँहरुकै गाउँ घरमा गएर उपलब्ध गराउउने उदेश्यले नगर अस्पताल संचालनमा ल्याइएको नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।

नगर अस्पताल उद्घाटनको अवसर पारेर नगरपालिकाले नि:शुल्क आँखा चेकजाँचको आयोजना गरेको छ । नगरपालिकाले यस अगाडि नै सगरमाथा चौधरी आँखा अस्पतालसँग त्रियुगा नगरपालिकाका आँखा सम्बन्धि बिरामीहरुको नि:शुल्क उपचार गर्ने गरि सम्झौता गरि सकेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry