जिल्ला अस्पताको सहयोगी अस्पतालको रुपमा त्रियुगा नगरको आफ्नै नगर अस्पतालको आज नगर प्रमुख द्वारा उद्घाटन

Logo
बिहिबार, आश्विन ०३, २०८१

गाईघाट । त्रियुगा नगरपालिकाले आज देखि देउरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरन्नोती गरि नगर अस्पताल संचालन गरेको छ । नगरपालिकाकै लगानीमा संचालित अस्पतालको आज संविधान दिवसको अवसर पारेर नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको छ ।

पालिकाले संचालनमा ल्याएको अस्पतालमा ओपिडी सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा सहित केही विशेषज्ञ सेवा समेत दिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले जानकारी दिनु भयो । जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा अगाडी बढाउदै नगर अस्पतालमा दक्ष जनशक्तिको अभाव हुन नदिकन संविधानले दिएको जनताको आधारभूत स्वास्थ्य चेकजाँच गराउन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल संचालनमा ल्याइएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

नगर अस्पताल मार्फत जनतालाई २४ घन्टा सेवा उपलब्ध गराई जनताको स्वास्थ्य उहाँहरुकै गाउँ घरमा गएर उपलब्ध गराउउने उदेश्यले नगर अस्पताल संचालनमा ल्याइएको प्रमुख बस्नेतले बताउनु भयो । यस्तै उप प्रमुख महेश्वरी राईले नगरपालिकाले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी काम गरिएको बताउनु भयो ।

त्रियुगा नगर अस्पताल उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष उद्धब थापाले गरेका थिए भने नगर प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडाका वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन त्रियुगा नगरपालिकाका जिन्सी शाखा प्रमुख तथा नेपाल कर्मचारी युनियन उदयपुर शाखा अध्यक्ष भगवती खतिवडाले गर्नु भएको थियो।

यस अगाडी त्रियुगा नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पताल संग सम्झौता गरि नगर भरिका नागरिकको निशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिदिने भएको छ भने नगरपालिकाले रेडक्रस सोसाइटी संग सम्झौता गरि नगर भित्रका सम्पूर्ण नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry