त्रियुगा अन्तर विद्यालय मेयर रनिङ शिल्डको सास्कृतिक कार्यक्रममा ३२ बिद्यालय प्रतिस्पर्धा गर्दै

Logo
शुक्रबार, आश्विन ०४, २०८१

उदयपुर :   त्रियुगा नगरपालिकाको आयोजनामा ‘तेस्रो त्रियुगा अन्तर विद्यालय मेयर रनिङ शिल्ड’(साँस्कृतिक नृत्य) प्रतियोगिता सुरु भएको छ । संविधान दिवसका अवसरमा नगरपालिकाले शुक्रबार त्रियुगा नमुना माध्यमिक विद्यालय परिसरमा प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३२ वटा विद्यालय सहभागिता रहेको रहेको छ ।  ‘कला संस्कृतिको सम्मानः त्रियुगाको अभियान’ नारा सहित आयोजना गरिएको कार्यक्रमको  आज नगर प्रमुख वसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटनमा राष्ट्रिय माध्यमिक विद्यालय वगाहाका राष्ट्रिय सेवादलका बालबालिकाले राष्ट्रप्रति सम्मान सलामी दिएका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर वसन्तकुमार बस्नेतले विद्यार्थीहरूलाई घरमा थुनेर घोकाएर मात्र शैक्षिक क्षेत्रको विकास नहुने भएकाले रचनात्मक कृयाकलापलाई सँगसँगै लैजानुपर्ने बताउनु भयो  ।

मेयर बस्नेतले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले शिक्षा नियमावली, कार्यविधि बनाएर अघि बढेको बताउनु भयो । ‘स्थानीय पूर्वाधार, खानेपानी, वन, पर्यटन, कला, संस्कृति लगायतका विषयलाई समेटेर नगरपालिकाले कक्षा ५ सम्मको पाठ्यपुस्तक तयारी गरी लागू गरेको छ,’ उहाँले भन्नू भयो, ‘ हामी स्थानीय पाठ्यपुस्तकलाई कक्षा ८ सम्म लैजाने तयारी गर्दै पाठ्यक्रम तयारीमा लागि रकेका छौं, यसले स्थानीय विषय वस्तुमा बालबालिका पोख्त हुनेछन्।’

सामाजिक शाखाका संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवालको अध्यक्षता आयोजित कार्यक्रममा उपमेयर महेश्वरी राईले बालबालिका भित्र भएको कला, संस्कृति, प्रतिभा नगरपालिकाको सम्पत्ति भएकाले उनीहरूको अन्तर इच्छा शक्ति उजागर गर्नका लागि नगरपालिकाले लगानी गर्ने बताइन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry