तेस्रो मेयर रनिङशिल्डको सांस्कृतिक कार्यक्रम तर्फ लालिगुरास बोर्डिङ स्कुल प्रथम

Logo
आइतबार, आश्विन ०६, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा भएको तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको सास्कृतिक नृत्य प्रतियोगिता अन्तरगत लालिगुराश इङ्लिश बोर्डिङ प्रथम भएको छ ।

संविधान दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको दोस्रो स्थानमा ईभरग्रीन स्कुल दोस्रो भएको हो । यस्तै ३२ बिद्यालय सहभागी प्रतियोगिताको तेस्रो स्थानमा जनता माबी देउरी र सान्त्वना अर्थात चौथो अन्नपूर्ण सेकेन्डरी स्कुल रहन सफल भएका छन ।

विद्यार्थीको सर्वाङिण बिकासका लागि आयोजना गरिएको कार्यक्रमको हाजिरी जवाफ प्रतियोगिताको आधारभुत बिद्यालय तर्फ उदयसी बोर्डिङ स्कुल जलजले प्रथम, समता स्कुल दोस्रो, उदयपुर मनकामना तेस्रो र कृमसन एकेडेमी  चौथो भएका छन ।

यस्तै हाजिरी जावाफको माध्यमिक तह तर्फ अन्नपूर्ण बोर्डिङ स्कुल प्रथम, क्यानभास एकेडेमी दोस्रो, लालिगुराश इङ्लिश बोर्डिङ तेस्रो र जनता माबी देउरी चौथो भएका छन ।

सम्पुर्ण बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्दै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नभएर अतिरिक्त क्रियाकलापमा भाग गराएर शैक्षिक बिकास गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई घरमा थुनेर किताब घोकाएर मात्र शिक्षाको बिकास सम्भव नभएको भन्दै बिद्यालयले पनि अतिरिक्त क्रियाकलाप सँगै रचनात्मक कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry