बरुवा र त्रियुगा नदि सहित अन्य ९ वटा खोलाका कटानको दिर्घकालिन समाधान खोज्न मन्त्री समक्ष नगर प्रमुखको मागपत्र

Logo
सोमबार, आश्विन ०७, २०८१

उदयपुर । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले सदरमुकाम गाईघाट बजार नजिकै रहेको बरुवा नदिको कटानको स्थलगत अवलोकन गर्नु भएको छ ।

जलस्रोत तथा सिचाई सचिव सीता दवाडी र प्राविधिक सहितको टिम लिएर आउनु भएका मन्त्री खड्काको टोलिले बरुवा नदिले कटान गरेर पुर्याउने क्षेतिको स्थलगत अवलोकन गरि त्यसको समाधान खोज्ने बताउनु भएको छ ।

त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतको आग्रहमा आएका मन्त्री खड्काले बरुवा नदि नियन्त्रणका आफ्नो तर्फबाट हुने सहयोगको प्रतिबद्धता समेत गरेका छन । उदयपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डाक्टर नारायण खड्काले बरुवाको नदिको नियन्त्रण चाँडै गर्न नसके यसले सदरमुकामलाई नै सखाप पार्ने हुँदा सिघ्र काम अगाडि बढाईदिन मन्त्री खड्का सँग आग्रह गर्नु भयो ।

बरुवा नदिको स्थलगत अवलोकन पश्चात त्रियुगा नगरपालिकाको सभाहलमा स्वागत सम्मान गर्दै नगर प्रमुख वसन्त बस्नेतले मन्त्री खड्का समक्ष चुरे क्षेत्र भएर बग्ने खहरे खोलाहरुको दीर्घकालीन नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र प्रदान गर्नुभएको छ ।

विभिन्न ९ वटा खहरे खोलाहरुले खेतियोग्य जमिन कटान गर्नुका साथै मानवबस्तीमा समेत पटक पटक दुख दिने गरेकोले तिनिहरुक दीर्घकालीन नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन नगर प्रमुख बस्नेतले मागपत्रमा उल्लेख गर्नु भएको छ ।

देशकै तेस्रो ठूलो भुगोल भएको नगरपालिका भएकोले यहाँको आर्थिक बिकासमा खहरे खोलाहरु बाधक बनेको बताउदै नगर प्रमुख बस्नेतले खहरे खोलाहरुको दीर्घकालीन नियन्त्रण गरि सिन्चाईको सुबिधा गर्न सके त्रियुगा नगरपालिका सहित उदयपुर जिल्लानै कृषिमा आत्म निर्भर बन्ने हुँदा नगरपालिकाको मागप्रत्र प्रती विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry