उदयपुरमा आरिघोप्टे पानी पर्ने सम्भावना, उच्च सतर्क रहन मौसम विभागको आग्रह

Logo
बिहिबार, आश्विन १०, २०८१

उदयपुर – उदयपुरका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले गाईघाट, बेल्टार, रामपुर र हडिया लगायतका धेरै ठाउँमा पानी परेको छ । दिउँसोपछि जिल्ला भरी नै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म देशका विभिन्न स्थान सहित उदयपुरमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले उदयपुर सहित अन्य छिमेकी जिल्लालाई रेड अलर्ट रहन आग्रह गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry