उदयपुरमा जितिया महोत्सव भब्यताका साथ सम्पन्न

Logo
बिहिबार, आश्विन १०, २०८१

उदयपुर।  थारुहरुको महान चाड जितिया उदयपुरको गाईघाटमा भव्यताका साथ मनाइएको छ । थारु कल्याणकारीणी सभा त्रियुगा नगर समितिको आयोजनामा भएको १९ औं राष्ट्रिय थारु जितिया महोत्सव बगाहामा भब्यताका साथ मनाईएको हो ।

बगाहा सँगै त्रियुगा नगरपालिका स्थित वडा नं ६ जलजले, वडा नं १ जोगीदह, वडा नं ११ थारुहट रंगशाला, वडा नं १३ बेहेडवा लगायतका स्थानमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै जितिया मनाइएको हो।

राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति सहितको सांस्कृतिक जितिया महोत्सवमा स्थानीय थारु कलाकारहरुलाई खुल्ला नृत्य प्रतियोगिता समेत गरिएको छ ।

त्रियुगा नगरपालिकाले मुख्य प्रायोजन गरेको महोत्सवमा शुभकामना मन्तब्य दिदै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले थारुहरु त्रियुगा नगरको भुमी पुत्र भएको र यस स्थानलाई बस्न योग्य बनाएर आजको मिति सम्म ल्याउनुमा थारु समुदायको ठुलो योगदान रहेको बताउनु भयो । 

बरुवा र त्रियुगाको बगरलाई थारुहरुले संरक्षण गरि बस्न योग्य बनाउदा अहिले अन्य जातजातिले पनि बस्न योग्य भएकोले आजका दिनमा यहाँ सम्पुर्ण समुदाय आटेर मिलेर बस्ने गरेको र  थारुहरुले मनाउने जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने व्यवस्था मिलाउन आफू लागि पर्ने प्रमुख बस्नेतले बताउनु भयो ।

थारु संस्कार संस्कृति सँग जोडिएको यो चाँड थारु समुदायहरुले बिषेश रुपमा मनाउने गर्दछन । यस पर्वमा थारु जातिका विवाहीत महिलाहरुले व्रत (उपवास) वसेर भगवान सँग सन्तानको दिर्घ आयु र सफलताको माग गर्ने गरेको बताईन्छ ।

थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यो वर्ष शुद्ध जितिया परेको छ ।

किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ ।

थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ । महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ ।

आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry