बिराटनगरबाट गाईघाट आउदै गरेको नरसिंह ट्राभल्सको बस कोशीमा खस्यो, सम्पुर्ण यात्रु सकुसल

Logo
बिहिबार, आश्विन १०, २०८१

गाईघाट । काेशी ब्यारेजमा यात्रुबाहक बस खसेको छ । बिहीबार को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस बिराटनगरबाट गाईघाट जाने क्रममा सप्तकोशी नदीमा खसेको हो ।

कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट यात्रुबाहक बस पानीमा खसेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । पानीको वहाब नरहेको स्थानमा बस खसेको जानकारी गराएको जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार उद्धारका लागि प्रहरी टोली पठाएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता कुन्डिराज न्यौपानेका अनुसार १२ जना यात्रुको सकुशल उद्धार भइसकेको र केही यात्रुलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry