गाईघाट । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुल शनिबार दिउँसो सुनकोशीमा आएको बाढीले बगाएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका -९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका -५ फोक्सिङटारमा रहेको पुल बाढीले पूर्णरुपले बगाएको स्थानीयले बताएका छन।
करिब १२ बर्षमा बनेको पुल झन्डै १८ महिना यता सञ्चालनमा आएको थियो । यस्तै, उदयपुरको साउनेबाट खोटाङको बराहपोखरी गाउँपालिका जोड्ने धाप्लाङ्घाटको झोलुङ्गे पुल पनि बगाएको छ ।