त्रियुगामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर

Logo
बुधबार, कार्तिक ०७, २०८१

उदयपुर।  त्रियुगा नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल मेडिसिटि हस्पिटल ललितपुर र फुलकुमारी मेमोरियल हस्पिटल सिराहा को प्राबिधिक सहयोगमा त्रियुगा नगरपालिका वडा नं ५ स्थित नगर अस्पताल देउरीमा एक दिने विशेषज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा मुटु, दाँत, नाक, कान, घाटी, छाला तथा यौन रोग विशेषज्ञ सेवा, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा सहित उपचार गरिएको थियो । सन्तान विदेशमा भएर उपचार गराउन नसकेका वृद्धा, लामो दुरीमा रहेका महिलाहरुलाई उनीहरुकै गाउघरमा उपचार गराउने उदेश्यले शिविरको आयोजना गरिएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो।

शिविर सञ्चालन हुँदा बिरामीले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका सास्तीबाट मुक्त भएको नगर उप प्रमुख महेश्वरी राईले बताउनु भयो । जिल्ला अस्पतालमा समेत नभएको विशेषज्ञ सेवा घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।

यस्तै नगरपालिकाले फुलकुमारी मेमोरियल हस्पिटल सिराहा संग नगरपालिकाको सिफारिस लिएर जाने बिरामीलाई उपचार खर्चको २० प्रतिशत कम गरि दिएर उपचार गर्ने गरि सम्झौता समेत गरेको छ। यस अगाडी नगरपालिकाले नेपाल रेडक्रस संग सम्झौता गरि नगरपालिकाका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने र सगरमाथा चौधरी आँखा अस्पताल लाहान संग सहकार्य र सम्झौता गरि मोतिया बिन्दुका बिरामीलाई निशुल्क उपचार गरिदिने भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry