चित्रकला मार्फत नेपाली नोट र पैसा निकाल्न मिल्ने एटीएम मेसिन बनाउने ११ बर्षीय निर्भिक पोखरेललाई त्रियुगा नगर प्रमुख द्वारा सम्मान

Logo
बिहिबार, कार्तिक २९, २०८१

उदयपुर ।  त्रियुगा नगरपालिकाले उत्कृष्ट चित्रकला मार्फत नगरपालिकाको नाम उच्च राख्ने वालकलाई सम्मान गरेको छ । नेपाली नोट लाई चित्रकला मार्फत हुबहु नक्कल गरि बनाएका त्रियुगा नगरपालिका वडा नं १० बस्ने ११  बर्षीय निर्भिक पोखरेललाई सम्मान गरेको हो ।

चित्रकला मार्फत नेपाली नोट र एटीएम मेसिन बनाएर नेपाल राष्ट्र बैंकले समेत सम्मान गरेका पोखरेललाई नगर प्रमुख बसन्त बस्नेतले सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको  हो । प्याराडाइस इग्लिश बोर्डिंगमा कक्षा ७ मा अध्ययन गर्ने पोखरेलले नेपाली १० र २० रुपैयाका नोट हुबहु चित्रकला मार्फत बनाएका छन ।

स्थानीय कार्टुन  कागज र अन्य सामग्री प्रयोग गरि एटीएम मेसिन बनाएर एटीएम कार्डको प्रयोग गरि पैसा निकाल्न समेत सकिने गरि मेसिन निर्माण गरेका छन् भने उनले चित्रकला मार्फत नेपाली रुपैया र एक पटक देखेको मान्छेको स्केच समेत बनाउने गरेका छन ।

११ बर्षीय बालक निर्भिकलाई सम्मान पत्र हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले बाबुको उज्वल भविष्यको कामना गर्नु भयो । यस्ता बौद्धिक क्षमता भएका विद्यार्थीका लागि पठनपाठनमा आर्थिक समस्या आए नगरपालिकाले सहयोग गरेर भए पनि उनीहरुको क्षमतालाइ पूर्णता दिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry