उदयपुर। त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो ।
त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय टिममा पर्न सफल भएकी हुन । हालै सम्पन्न साफ महिला च्याम्पिअनशिपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन । नगद सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिशा नगरपालिकाको लागि खेलाडी मात्र नभएर एक तारा भएको बताउनु भयो ।
नगरपालिकाले सम्मान संगै पन्चे बाजाका साथमा उनलाई रास्ट्रीय झण्डा ओढाएर बजार परिक्रमा गराइएको थियो । सम्मान पत्र ग्रहण पछि खेलाडी कार्कीले उपाधी जित्न चुक्दा पनि हामीलाई गालीको साटो यसरी सम्मान गरिदा अझ प्रोत्साहन भएको र यसले झन खेल प्रति आत्मा बल बढाएको धाराणा व्यक्त गर्नु भयो ।