इन्जिनियर संजिवलाई मेरो साथ छ जिताएर पठाउनुस उनका योजनाका फायल म बोक्छु : महामन्त्री बिश्वप्रकाश शर्मा

Logo
सोमबार, मंसिर १०, २०८१

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री सहित अर्थ मन्त्रालय लिएर सरकार संचालन गरिरहेको पार्टीलाई जिताउन भन्दा घचघच्याएर सच्याउनका लागि नेकपा एमालेलाई भोट दिन नहुने बताउनु भएको छ।  स्थानीय तहको उपनिर्वाचन परिचालन समितिको संयोजक समेत रहेका शर्माले त्रियुगा नगरपालिका वडा नं १२ मा भैरहेको उपनिर्वाचनलाई सम्बोधन गर्दै एमालेलाई सच्याउन र लोकतन्त्रलाई बलियो बनाउन पनि कांग्रेसलाई मत दिन आग्रह गर्नु भएको हो ।

“देश भर एमालेले जित्यो भने हामीले राम्रो काम गरेका रहेछौ भनेर प्रधानमन्त्री ओली आनन्दले सुत्नु हुन्छ ।” महामन्त्री शर्माले भन्नू भयो, “प्रधानमन्त्रीलाई सुत्न नदिन वा राम्रो कामका लागि घचघच्याउन पनि एमालेलाई अहिले मत दिन हुदैन, एमालेलाई मत नदिएर देश भर बाट अब सच्चिनु पर्छ है भनेर सन्देश दिन पर्छ ।”

स्वर्गीय चुडाराज काफ्ले आफ्नो पुरानो मित्र रहेको स्मरण गर्दै महामन्त्री शर्माले भन्नू भयो,  “दु:ख गरेर चुडा दाईले छोरोलाई इन्जिनियर बनाउनु भएको हो, उहाँका सपना धेरै थिए, हामीलाई समेत समाजसेवाका केही उधाहरण दिनु हुन्थ्यो, तपाइ हाम्रो सेवा गर्दा गर्दै दुर्घटनामा उहाँको मृत्यु भयो, त्यसैले एउटा कावील छोरालाई जिताएर उहाँको सपना पूरा गर्न इन्जिनियर छोरोको प्राविधिक दिमाग प्रयोग गरि वडा र नगरको बिकास गर्न पर्छ ।”

स्वर्गीय चुडालाई सदैव स्मरण गर्ने गरि बजेट बनाएर वडा नं १२ को बिकास गर्न नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतसँग आग्रह गर्दै वडा नं १२ लाई अन्य वडा भन्दा बजेटमा थप व्यवस्था गर्न महामन्त्री शर्माले आग्रह समेत गर्नु भयो । नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर संजिव काफ्लेलाई जिताएर पठाए संघ र प्रदेशबाट हाल्ने योजना र कामका लागि आफू संजिव संगसंगै मन्त्रालय धाएर भएपनि उनका योजना कार्यन्वयन गर्न लाउने प्रतिबद्धता पनि उहाँले ब्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry