उदयपुरका दुवै वडामा शान्तीपूर्ण निर्वाचन सम्पन्न, बेलुका १० बजे बाट मतगणना शुरुहुने

Logo
आइतबार, मंसिर १६, २०८१

उदयपुर।  स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका दुई वटा वडामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ ।  त्रियुगा नगरपालिकाको वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा भएको उपनिर्वाचनमा त्रियुगामा ६६ % र बेलकामा ५९% मत खसेको छ ।

त्रियुगाको वडा नं १२ मा ३ हजार ८ सय ४७ मतदाता रहेकोमा १ हजार ४ सय २ महिला र १ हजार १ सय २५ पुरुष गरि २ हजार ५ सय २७ जना मतदाताले मतदान गरेका छन। यस्तै बेलकामा ३ हजार १ सय ३६ जना मतदाता रहेकोमा १ हजार ५ महिला र ८ सय ८० पुरुष गरि १ हजार ८ सय ८५ जना मतदाताले मतदान गरेका छन । दुवै स्थानमा बिहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान भएको थियो ।

अव बेलुकाको १० बजे बाट मत गणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत दिपक खरेलले जानकारी दिनुभएको छ । दुइवटै वडाका वडा अध्यक्षहरु मोटरसाइकल दुर्घटना परि निधन भए पछि रिक्त रहेको वडा अध्यक्ष पदका लागि निर्वाचन भैरहेको हो । यस अघिको निर्वाचनमा बिबाद भएको त्रियुगा १२ मा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको थियो। यद्यपि कुनै विवाद बिना दुवै वडाको मतदान सकिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry