गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीन कुमार वान्तवा राई विजयी हुनुभएको छ ।
राईले कुल खसेको २५ सय २७ मतमा ९ सय २३ मत ल्याएर विजयी हाँसिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत प्राप्त गर्नु भएको छ ।
नेपाली काङ्ग्रेसका संजिव काफ्लेले ३ सय ५९ मत प्राप्त गर्दा एकीकृत समाजबादीका निर्मला चौधरीले ३ सय १२ र राष्ट्रिय स्वतन्त्र पार्टीका धुर्वप्रसाद पोखरेलले २ सय २ मत प्राप्त गर्नु भएको छ ।
आइतबार सम्पन्न त्रियुगा नगरपालिका १२ को उपनिर्वाचनको अन्तिम मतपरिणाम रातीनै सार्वजनिक भएको हो। उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित राई २०७९ भने तेस्रो मत ल्याएर काङ्ग्रेसका चुडाराज काफ्ले संग पराजित हुनु भएको थियो। उपनिर्वाचनमा कांग्रेसबाट पराजित उमेदवार संजिव काफ्ले भने स्वर्गीय वडा अध्यक्ष चुडाराज काफ्लेका छोरा हुन ।