उदयपुरको रौता पोखरीले मोहित बनायो काठमाडौं महानगर उपप्रमुख डंगोललाई, संरक्षण र प्रवर्द्धनमा सहयोग गर्ने आश्वासन

Logo
सोमबार, पुष ०८, २०८१

उदयपुर – काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलले उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीको अवलोकन गर्दै यसको संरक्षण र प्रवर्द्धनमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

डंगोलले त्रियुगा नगरपालिकाको भौगोलिक र सांस्कृतिक महत्त्वको चर्चा गर्दै नगर प्रमुखले देखाएको विकासप्रति विशेष प्रशंसा गरिन्। देशकै तेस्रो ठूलो नगरपालिका भए पनि त्रियुगा नगरपालिकाले भौतिक र मानविय विकासका क्षेत्रमा गरेको प्रयास उल्लेखनीय रहेको उनले बताइन्।

पर्यटन प्रवर्द्धनका लागि आयोजित खाना परिकार मेला र कोशी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता जस्ता कार्यक्रमहरूले सांस्कृतिक पहिचान संरक्षणमा योगदान पु¥याएको बताउँदै उनले यस्ता गतिविधिहरूलाई थप सशक्त बनाउन त्रियुगा नगर प्रमुख र नगरपालिकाले गरेको सहयोग प्रती खुलेर प्रशंसा गरिन ।

रौता पोखरी र रौता भगवती मन्दिरको अवलोकनपछि उप–प्रमुख डंगोलले प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको यस क्षेत्रको महत्त्व झल्काउँदै यसको मौलिकता जोगाएर प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइन।

“रौता पोखरी र मन्दिर प्राकृतिक र धार्मिक दृष्टिकोणले अनुपम स्थान हुन्। यसको संरक्षण गर्दा मौलिकता नहराउने गरी काम गर्नुपर्छ,” डंगोलले भनिन्।

उदयपुरको प्राकृतिक विविधता, सांस्कृतिक धरोहर र पर्यटन सम्भावनाको प्रशंसा गर्दै उनले स्थानीय तहलाई समन्वयात्मक रूपमा काम गरेर विकास र प्रवर्द्धनलाई गति दिन आग्रह गरिन्।

उनले त्रियुगा नगरपालिकाको समग्र विकास, पर्यटन विस्तार, सांस्कृतिक सम्पदाको संरक्षण र आर्थिक उन्नयनका क्षेत्रमा नगरपालिकाले बनाएका योजनामा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry