तेस्रो त्रियुगाअन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता आज बिहिबार बाट शुरु, नगर प्रमुख बसन्त बस्नेतले गरे प्रतियोगिताको उद्घाटन

Logo
बिहिबार, पुष ११, २०८१

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता माध्यामिक बिद्यालयदेउरीको खेलकुद ग्राउन्डमा प्रतियोगिता शुरु भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे प्रतियोगिताको आज नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो । नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३७ विद्यालय सहभागी रहने प्रतियोगितामा भलिबल (महिला-पुरुष), कबड्डी (महिला-पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरी ५ विधाका खेलहरू समावेश गरिएका छन् ।

विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराएको र हरेक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यार्थीलाई पुरस्कृत गर्दै लैजाने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

नगर प्रमुख बस्नेत्रले नगरपालिकाले शिक्षा क्षेत्रको सुधार, विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्न तथा स्थानीय समाज, ज्ञान, सिप र समेटी स्थानीय कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यपुस्तक तयार गरि बिद्यालयमा अनिवार्य पठनपाठन शुरु गराएको बताउनु भयो।

विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा खेलकुदले आत्मनिर्भरता, स्वावलम्बन र अनुशासनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागी बिद्यालयलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै नगर उप प्रमुख महेश्वरी राइले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताइन । राष्ट्रिय स्तरका प्रतियोगितामा छनोट हुने प्रतियोगिताका लागि मेयर रनिङ शिल्ड प्रतियोगिता एउटा आधार रुपमा रहेको र यसले विद्यार्थीमा खेल भावानाको बिकास गराउने उल्लेख गर्नु भयो ।

नगरपालिकाले बर्षेनी आयोजना गर्ने मेयर रनिङ शिल्डमा खेलकुद बाहेक सांस्कृतिक र अन्य कार्यक्रम भने फरक मितिमा राख्ने गरेको छ । सांस्कृतिक र अन्य कार्यक्रम फरक मितिमा राखेता पनि सम्पन्न भैसकेका कारण ती कार्यक्रमको समेत अंक जोडेर प्रतियोगिताको बिजयी चुनिने गरिन्छ । यस अगाडिको दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगितामा ३ सय १५ अंक प्राप्त गर्दै त्रियुगा नमुना मा.वि. प्रथम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका १६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विभिन्न बिद्यालयबाट आएका हजारौ क्षिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry