त्रियुगा मेयर रनिङ शिल्डमा त्रियुगा नमुना माविको ह्याटि्रक

समान स्वर्ण सहित प्याराडाइज दोस्रो
Logo
सोमबार, पुष १५, २०८१

उदयपुर ।  तेस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । ५ बिधाका खेलहरु समाबेश गरि आयोजना गरिएको प्रतियोगितामा ११  स्वर्ण, १० कास्य र ६ रजत पदक जित्दै त्रियुगा नमुना मा.वि. प्रथम भएको हो ।

जनता माध्यामिक बिद्यालय देउरीमा संचालित प्रतियोगितामा प्रथम भएको त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । यो संगै नमुना मा.वि. ले सरासर तेस्रो पटक रनिङ शिल्ड जित्दै शिल्डमा आफ्नो कब्जा जमाएको हो ।

त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर शिक्षा शाखाको समन्वय र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगितामा समान ११ स्वर्ण जितेको प्याराडाइज भने दोस्रो भएको छ । प्याराडाइजले ११ स्वर्ण संगै ६ कास्य र १६ रजत जितेको हो । उसले पनि दोस्रो भए सँगै नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र हाँसिल गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे प्रतियोगितामा ६ स्वर्ण २ कास्य सहित जनता माबी श्रीपुर तेस्रो भएको छ । तेस्रो भएको जनता मावी श्रीपुरले नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा त्रियुगा नगरपालिका भरिका सामुदायीक र संस्थागत गरि ३८ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । भलिबल (महिला पुरुष), कवड्डी (महिला पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरि ५ विधाका खेलहरुलाई प्रतियोगितामा समाबेश गरिएको थियो । हरेका बिधामा प्रथम हुने खेलाडीलाई प्रथम द्वितिय र त्रितिय गरि नगद, मेडल र  प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न हरेक हप्ता बुक फ्री डे घोषणा गरि कितावी ज्ञान बाहेक अन्य बाहिरी ज्ञानले विद्यार्थीहरुको क्षमता अभिबृद्दि हुने बताउदै प्रमुख बस्नेतले विद्यार्थीहरुको सर्वाङिण बिकासमा नगरपालिकाले ध्यान दिएर लागेको बताउनु भयो ।

यस्तै उप प्रमुख महेश्वरी राइले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो । राष्ट्रिय स्तरका प्रतियोगितामा छनोट हुने प्रतियोगिताका लागि मेयर रनिङ शिल्ड प्रतियोगिता एउटा आधार रुपमा रहेको र यसले विद्यार्थीमा खेल भावानाको बिकास गराउने उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry