उदयपुर : चौदण्डीगढी नगरपालिका वडा नं ९ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ४ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन ।
शनिबार वडा नं ९ को स्वास्थ्य चौकी हडिया परिसरमा भएको शिविरमा स्त्री तथा प्रसूति सेवा विशेषज्ञ, जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, जनरल सर्जन, हड्डी तथा नसारोग विशेषज्ञ, नाक-कान-घाँटी लगायतका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य चेक जाँच गरिएको वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिनु भएको छ ।
एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ४ सय बढी विरामीले उपचार सेवा लिए । नगरपालिकाका अतिविपन्न जनताले नसर्ने रोग सम्बन्धि दैलोमै उपचार सेवा पाउन र यहाँका जनताले बढिभन्दा बढि लाभ लिउन भनि यो शिविर आयोजना गरिएको नगर प्रमुख कालुमान लामाले जानकारी दिनु भयो ।
शिविरमा विशेषज्ञ डाक्टरहरुले नसर्ने रोग जस्तै हार्डजोर्नी, बालरोग, स्त्रिी रोग, छाला रोग, आँखा, नाककान, दन्त सम्बन्धी रोगहरुको परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको छ भने गम्भीर प्रकृतिका बिरामीहरूलाई सहुलिय तसहित अस्पतालमा रिफर गरिएको गाईघाट सिटी अस्पतालका प्रबन्ध निर्देशक रमेश आचार्यले जानकारी दिनुभयो ।