संशोधित योजना तथा कार्यक्रमलाई सर्वसम्मत गर्दै त्रियुगाको १४ औं नगर सभा सम्पन्न

Logo
सोमबार, पुष २९, २०८१

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको १४ औं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले आफ्नो कार्य सुचिमा रहेका एक दर्जन बिधेयक नीति तथा प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । १४ औं नगरसभाको मूल उदेश्य संसोधित पुरक बजेट र १३ औं नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यन्वयन र भावी कार्यदिशा बनाउने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए ।

नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा योजनाहरुको संशोधित योजना तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । नगर प्रमुख बस्नेतका अनुसार १३ औं नगरसभाले चालु आ.व.को लागि प्रस्तुत गरेको कुल बजेट तथा कार्यक्रमहरुलाई आवश्यकताका आधारमा संसोधन गरिएको छ।

शिक्षाको गुणस्तरीयतालाई ध्यान दिदै विद्यालयका दरबन्दी मिलान गरि प्राय सवै बिद्यालयमा अंग्रेजी माध्यम र नेपाली माध्यम दुवै बाट पठनपाठन को व्यवस्था मिलाइएको र हप्ताको एक दिन बुक फ्री डे घोषणा गरेर वालवालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै शिक्षाको सर्वाङ्गिन बिकासका लागि नियमित मेयर रनिङ्ग शिल्ड प्रतियोगिता गराउदै आएको नगर प्रमुख बस्नेतले बताए ।

आफु निर्वाचित भएर आएको दुई वर्ष बढी हुदै गर्दा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले जिल्ला अस्पताललाई बार्षिक १ करोड बढि आर्थिक र मानवीय सहयोग गर्दै आएको र अझ स्वास्थ्य उपचारमा सहजता ल्याउन देउरीमा नगर अस्पताल संचालन गर्नुका साथै विभिन्न वडामा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको मेयर बस्नेतले जानकारी दिनु भयो ।

मेयर बस्नेतका अनुसार दुई बर्षमा २५ किलोमीटर सडक कालोपत्रे गरिसकेको र  विश्वबैंकको लगानीमा बन्ने १४.५ किलोमिटर सडकको भौतिक पूर्वाधार तर्फ ८० प्रतिशत काम सकिएको छ । आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिका भरि प्रमुख राजमार्ग छाडेर १ सय किलो मिटर सडक कालोपत्रे गरि सक्ने योजना बनाएको नगर प्रमुख बस्नेतले बताए ।

नगरसभालाई सम्बोधन गर्दै उपप्रमुख महेश्वरी राइले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने  बताइन । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयमा आउदा दिनमा सम्पूर्ण सरोकारवाला हरु सँग छलफल र अन्तरक्रिया गर्दै अगाडी बढ्ने उपप्रमुख राईले जानकारी दिइन ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry