त्रियुगाका ७ वटा वडाका ८० विपन्न परिवारलाई निशुल्क घर बनाएर बितरण गर्दै नगरपालिका

Logo
बुधबार, माघ ०९, २०८१

त्रियुगा नगरपालिकाले लक्षित तथा विपन्न वर्गका लागि बनाएर दिने सुरक्षित आवस निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नगरपालिकाले ७ वटा वडाका अति विपन्न वर्गका परिवारका लागि ८० वटा सुरक्षित आवस निर्माण गरिदिन लागेको हो ।

त्रियुगा नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा साझेदार संस्था ह्याबिट्याट फर ह्युम्यानिटिका प्रतिनिधिले यस्तो बताएका हुन । अन्तर्राष्ट्रिय संस्था सँगको सहकार्यमा नगरपालिकाले वडा नं २, ३, ४,५, ७, ८ र वडा नं १० गरि ७ वटा वडामा २ बेड रुम एक किचन र टुवाईलेट सहितको आवास निर्माण गरेर निशुल्क वितरण गरिरहेको छ ।

स्थानीय बाँसलाई केमिकल प्रयोग गरि टृटमेन्ट गरि बनाईने आवस सुरक्षाका हिसावले पनि भुकम्प प्रतिरोधात्मक हुनेछ । खानेपानी, बिजुली, सडक सवैको पहुँच भएको स्थानमा घर निर्माण गरेर अतिविपन्नलाई वितरण गरिरहेको नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

“अहिले नगरपालिकाले संस्था सँग मिलेर आवास निर्माण गरिरहेको छ ।, आवास निर्माण गर्ने क्रममा सम्पुर्ण स्थानीय सामाग्री प्रयोग गरिएको छ र स्थानीय श्रमिकलाई तालिम दिएर काम लगाइएको छ ।,” नगर प्रमुख बस्नेतले भन्नु भयो, “अव सके सम्म यहि संस्था सँग नभए अर्को संस्था सँग मिलेर आवास निर्माणको योजनालाई आफ्नो कार्यकाल भर पुर्याउने, कुनै संस्था नपाए लाभान्वित सँग आधा-आधा गरेर भए पनि यो परियोजनालाई निरन्तरता दिइनेछ ।”

करिव ५ लाख बराबरको लागतमा निर्माण हुने आवसमा स्थानीय बासलाई टृटमेन्ट गरि प्रयोग गरिएको छ भने आवस निर्माण गर्न चाहिने आवश्यक कामदार र बाँसलाई टृटमेन्ट गर्ने व्यवस्था स्थानीय सतरमानै गरिएको हुनाले अव आउने दिनमा यस्ता सुरक्षित आवास बनाउन बाहिर जान नपर्ने नगर प्रमुख बस्नेतले बताउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत बिष्नुभक्त सिग्देल, लाभान्वित वडाका वडा अध्यक्षहरु र स्थानीय साझेदार संस्था हुरन्डेकका प्रतिनिधि उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry