उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने

Logo
शुक्रबार, माघ ११, २०८१

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याज ऋण पाउने भएका छन।

कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले पाँच लाख रूपैयाँसम्म बिनाब्याज ऋण दिने व्यवस्था मिलाएको हो ।

नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ ।

नगरपालिकाको सिफारिसका आधारमा बैंकले मूल्याङ्कन गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याज ऋण दिने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन ।

उद्यमी बन्न चाहाने स्थानीयले आफ्नो जायजेथा राखेर ऋण भने आफ्नै नाममा लिन पर्ने छ तर तिन बर्ष सम्म बैंकको किस्ता नगरपालिकाले तिरिदिने नगरपालिकाको कार्यबिधिमा उल्लेख छ ।  लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry