कोशी प्रदेश भ्रमण बर्षको तयारी शुरु, कोशी टप्पुमा मुल आयोजक समितिको पहिलो बैठक सम्पन्न

Logo
शुक्रबार, माघ ११, २०८१

उदयपुर । कोशी प्रदेश सरकारले “कोशी प्रदेश भ्रम्ण बर्ष २०८२” को तयारी शुरु गरेको छ । बिहीबार सुनसरीको कोशी टप्पुमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता मुल आयोजक समितिको पहिलो बैठक बसेको हो ।

पहिलो बैठकले प्रदेश सरकार, स्थानीय सरकार र निजि क्षेत्र गरि करिव ७ सय सदस्य सहितको मुल आयोजक समिति गठन गरेर भ्रमण बर्षलाई सफल बनाउने निर्णय गरेको छ ।

गत असोजमा कोशी प्रदेश सरकारले २०८२ लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको थियो । ‘रमणीय कोशी’ भन्ने नाराका साथ पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको छ ।

संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु रहेको र त्यसबाहेक सरकारले थप ८२ नयाँ गन्तव्यहरु पहिचान गरी विकास र प्रवर्द्धनमा जुटेको र  ती क्षेत्रमा पर्यटकहरुलाई व्यवस्थित रुपमा राख्न र त्यहाँसम्म पुग्ने पहुँचमार्गहरुको व्यवस्थापन गर्ने आदि काममा आयोजक समितिले विशेष काम गर्ने जनाएको छ।

कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ ब्यवस्था गरेको बैठकका अध्यक्ष तथा मुख्य मन्त्री कार्कीले बताए । उनका अनुसार पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेटको व्यवस्था गरिएको र त्यसैले पर्यटकीय स्थलहरुको स्तरोन्नति र पहुच मार्गको स्तरोन्नति गरिने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry