गाईघाट । उदयपुरमा बसन्त पञ्चमी (श्रीपञ्चमी) अर्थात सरस्वती पुजा धुमधामका साथ विभिन्न कार्यक्रम गरि मनाईएको छ । संस्थागत बिद्यालयहरुले नयाँ विद्यार्थीलाई आकर्षित गर्ने गरि विभिन्न स्किम हरु सहित सांस्कृतिक तथा पुरस्कार वितरण गरेर सरस्वती पुजा मनाएका छन भने सामुदायिक बिद्यालयहरुले औपचारिक कार्यक्रम गरि भवन उद्घाटन देखी रक्त दानको आयोजना गरेका छन ।
सरस्वती पुजाको अवसर पारेर जिल्लाकै सवै भन्दा ठुलो सदरमुकामको सामुदायिक बिद्यालय त्रियुगा नमुना मावीले रक्तदानको कार्यक्रम राखेको थियो । त्यस्तै अर्को बजारको सामुदायिक बिद्यालय जनप्रेमी आधाभुत बिद्यालयले आफ्नो नयाँ बनेको भवनको उद्घाटन गर्दै सरस्वती पुजाको आरम्भ गरेको थियो ।
त्रियुगा नमुना मावीले राखेको रक्तदान कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरि १५ जनाले रक्तदान गरेका थिए । यता जनप्रेमी आवीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको बजेटले बनेको भवनको त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । यस्तै आफ्नो बिद्यालय परिसरमा बनेको सरस्वती मन्दिरको समेत यसै अवसरमा उद्घाटन गरिएको छ ।
विभिन्न विद्यालयमा शुभकामना मन्तव्य राख्ने क्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले नगरको शैक्षिक सुधार गर्न एक्लै नगरपालिकाले मात्र सम्भव नभएको भन्दै अभिभावक, शिक्षक र विद्यार्थीहरु आफै पनि लाग्नु पर्नेमा जोड दिनु भयो । नगरपालिकाले सम्पुर्ण संस्थागत बिद्यालयको शुल्क निर्धारण गरेको तर एकैजना अभिभावकले त्यस्को अपनत्व लिएर शुल्क निर्धारणको बिषयमा कहि कतै नबोल्दा कार्यन्वयनको बिषय फितलो भएको बताए ।
प्रमुख बस्नेतले भने, “हामीले अभिभावक, जनाताका लागि हो काम गर्ने तर अभिभावकले खै त्यस्को अपनत्व लिएको, बिद्यालय वा नगरपालिकालाई खै त्यो कार्यन्वयन गर्न दवाव दिएको ।, तपाईहरु बिद्यालयले जति पनि शुल्क माग्छन दिने अनि चिया पसलमा दिन भर बसेर केही भएन गरेन भनेर गफ लाउदा बिरोध आलोचना गर्दा सुधार हुन्छ वा देश बन्छ ?”