त्रियुगा नमुना माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सव सम्पन्न

Logo
बिहिबार, माघ २४, २०८१

गाईघाट । त्रियुगा नमुना माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । २०२४ सालमा स्थापना भएको विद्यालयले बुधबार आफ्नो ५८औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नगर प्रमुख बस्नेतले  जिल्लाकै पुरानो र नमुना विद्यालयका साथै आफुले पनि अध्यन गरेको विद्यालय भएकोले विद्यालयप्रती अत्यन्तै माया र सद्भाव रहेको बताउनु भयो । उहाँले जन्म दिने आमा, बुबा पछि माया पाउने तथा आँखा खोल्ने र शिक्षा÷दीक्षा दिने क्षेत्रनै विद्यालय भएकाले सम्पुर्ण अभिभावक तथा शिक्षकहरुलाई सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधार गर्न सवै लागि पर्न आग्रह गर्नु भयो  ।

त्रियुगा नमुना मावीले अहिले सम्म लाखौ  विद्यार्थी उत्पादन गरिसकेको र यो जिल्लाकै माउ बिद्यालय भएकाले यसले सम्पुर्ण सामुदायिक बिद्यालयहरुको प्रतिनिधित्व हुने गरि काम गरे अन्य बिद्यालयलाई पनि प्रेरणा मिल्ने प्रमुख बस्नेतले बताउनु भयो ।

त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईरालाले आफुले अध्ययन गरेको बिद्यालय अहिले जिल्लाकै उत्कृष्ट नमुना बिद्यालय भएर  सोही बिद्यालयको ५८ औं बार्षिकोत्सवमा आफु सहभागी हुन पाउदा गौरव लागेको बताउनु भयो । सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधार गर्न शिक्षण पद्धतिलाइ सुधार गरेर विद्यार्थीको चाहाना अनुसार पठनपाठन गराउन सके सुधार हुने बताउनु भयो ।

बिद्यालयका प्रधानाध्यापक सुबाश बिष्टले बिद्यालयले हाल सम्म गरेका र भोगेका कुराहरुलाई बिस्तृत रुपमा बताउदै कार्यक्रममा आएका अतिथिहरुलाई स्वागत गर्नु भयो । बिद्यालयको बार्षिकोत्सव समारोहका अवसरमा बिधार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry