

उदयपुर । प्रजातन्त्र दिवसको अवरमा थरुहट रङ्गशालामा फाल्गुण ८ गते बिहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, त्रियुगा नगर खेलकुद बिकास समितिको संयोजन तथा जिल्ला समन्वय समितिको आयोजनामा मेयर ११ र प्रमुख जिल्ला अधिकारी ११ बिच फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको कमान्डमा जनप्रतिनिधि तथा कर्मचारी र प्रजीअ हरी प्रसाद घिमिरेको कमान्डमा जिल्लाका अन्य कार्यलयका कर्मचारीहरुले प्रतिस्पर्धा गरेका थिए ।
मैत्रीपुर्ण खेलमा मेयर बस्नेत र प्रमुख जिल्ला अधिकारी घिमिरे समेत मैदान प्रवेश गरेर बल खेल्नु भएको थियो । उहाँहरुले १५/२० मिनेटको समय मैदानमा खेल खेल्नु भएको थियो ।
मेयर ११ र प्रजिअ ११ बिचको रोमाञ्चक प्रतियोगितामा कर्मचारीले जनप्रतिनिधिको टिमलाई ४-० अन्तरले पराजित गर्दै मैत्रीपुर्ण गेम सम्पन्न भएको थियो ।
प्रजिअ ११ तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत अन्य कार्यलयका कर्मचारीहरुले भाग लिएका थिए । जसमा कर्मचारीका तर्फबाट अभिशेख राई कर्मचारी, अनुराज मगर, अर्जुन राई र रबिन दर्नालले समान एक एक गोल गरेका थिए ।
मेयर ११ का तर्फबाट त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष किरण पाण्डेले एक पटक गोलका लागि पोष्ट एट्याम गरेका भए पनि बाँकी गेम अवधीभर कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई दबावमा राखेका थिए ।