

उदयपुर । स्थानीय पर्यटन प्रवर्द्धनलाई गर्दै स्वास्थ्य र वातावरणीय प्रदुषण रोकथाम गर्ने उद्देश्यले उदयपुरमा ‘राइड टु कोशी’ २०८१ कार्यक्रमको समापन गरिएको छ। जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा गरिएको कार्यक्रमको आज त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले साइक्लिङ यात्रा ‘राइड टु कोशी’ कार्यक्रमको समापन गर्नु भएको हो।
त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित साईक्लिङ यात्रामा देश भरका ३५ बढी जिल्लाका २ सय बढी साईकल राईडरहरुले सहभागिता जनाएका थिए ।
साइकललाई समाज संग जोडेर स्थानीय पर्यटन प्रवर्द्धन, स्वास्थ्य, र वातावरणीय प्रदुषण रोकथाम गर्दै साइकलको माध्यमबाट खेल, पर्यटन जोडेर आय आर्जनमा समेत टेवा पुर्याउने उदेश्यले ‘राइड टु कोशी’ कार्यक्रमको आयोजना गरिएको आयोजक जितु रोइलाले बताउनु भयो ।
साईक्लिङ्ले समाजमा सकारात्मक संदेश दिने, ध्वनि तथा वातावरणीय प्रदुषण न्यूनीकरण हुने र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने हुदा यस्ता कार्यक्रमलाई नगरपालिकाले बिशेष व्यवस्था गरि युवाहरुले चाहे बमोजिमको बजेट व्यवस्था गर्ने नगरपालिकाका प्रमुख बस्नेतले बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, १८ नं बाहिनीका बाहिनी पति गौरव गुरुङ, पशुपति प्रसाद गण पिपलटार बोक्सेका गणपति शिव प्रसाद वाग्ले लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
यसअघि २०७५ सालको माघ महिनामा तत्कालीन प्रधान सेनापति गौरव सम्सेर जबरा लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा पनि यस्तै कार्यक्रम आयोजना गरिएको थियो। २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।