त्रियुगामा “मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन” कार्यक्रम शुभारम्भ

Logo
सोमबार, फाल्गुण २६, २०८१

गाईघाट ।  त्रियुगा नगरपालिकाले “मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन” कार्यक्रम शुभारम्भ गरेको छ । सोमबार नगरप्रमुख बसन्त बस्नेतले शुभारम्भ गर्नु भएको छ । वडा नं १ जोगीदहबाट सुरु भएको यो कार्यक्रम नगरपालिकाका १६ वटै वडामा संचालन हुने छ ।

नगर प्रमुख बस्नेतले कार्यक्रम उद्घाटन गर्दै राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहेका ज्येष्ठ नागरिक सामान्य स्वास्थ्योपचार बाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई के कस्तो समस्या छ र नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउन  कस्तो योजना ल्याउन पर्छ भन्ने जानकारी लिन पनि यो कार्यक्रम प्रभावकारी हुने देखिएकाले मेयर संग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम राखिएको मेयर बस्नेतले बताउनु भयो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ। नगरभित्रका सामाजिक सुरक्षा लिने  ९ हजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षय रोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धि चेक जाँच, मृगौला सम्बन्धि चेकजाँच लगायतका सेवाहरु प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनु भयो ।

स्वास्थ्य शिविर कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार नगर अस्पताल देउरी र जोगीदहको प्राथमिक स्वास्थ्य चौकीमा थप उपचार गरि जिल्ला अस्पताल पठाइने गरि योजना बनाइएको छ।  स्वास्थ्य चेकजाँच गर्दा देखिएका आवश्यक औषधी नगरपालिकाले निशुल्क दिनेछ । वडा अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षताम भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार कोईराला, नगरपालिकाका सामाजिक बिकास समिति संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवालको बिशेष उपस्थिति रहेको थियो।

यस अगाडी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने र सगरमाथा अस्पताल लाहान संगको सहकार्यमा नगर क्षेत्रका सम्पूर्ण मोतियाबिन्दु लागेकाको निशुल्क आँखाको अप्रेसन गरिदिने निर्णय गरेर कार्यन्वयनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry