त्रियुगा जनता बहुमुखी क्याम्पस प्रशासनको लापरबाहीले स्ववियु निर्वाचन स्थगित

Logo
बुधबार, फाल्गुण २८, २०८१

उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चैत्र ५ गतेका लागि निर्धारित चुनाव स्थगित भएको छ ।

क्याम्पस प्रशासनको लापरबाहीले फर्जि विद्यार्थी खडा गरेर निर्वाचन गराउन लागेको देखिए पछि नेपाल विद्यार्थी संघ(नेविसंघ) ले निर्वाचन प्रक्रिया रोकेर छानवीन गरेर मात्र निर्वाचन गराउन माग गरे पछि निर्धारित चुनावी प्रक्रिया स्थगित भएको हो ।

क्याम्पस प्रशासनले निर्वाचनको मुखैमा कागजात र रित नपुगेका विद्यार्थीलाई भर्ना गरेर गलति गरेको स्विकार्दै रित नपुगेका विद्यार्थीलाई भर्ना गरेर क्रमश भर्ना पछि कागजात पुर्याउदै लैजाने शर्तमा भर्ना गरिएको स्विकार गरेको छ । क्याम्पस प्रशासनले रित नपुगेका विद्यार्थीलाई भर्ना लिने र आवश्यक कागजपत्र पछि थप्न लगाउने परम्परा रहदै आएकाले भर्ना गरिएको स्वीकार गरेको छ ।

निर्वाचनको मुखमा आएर क्याम्पस प्रशासनले भर्ना गरेका १२ विद्यार्थीको भर्ना फर्जी देखिएको छ । निर्वाचनको आचारसंहिता विपरित निर्वाचनको मुखमा विद्यार्थी भर्ना गरेर निर्वाचन परिणामलाई प्रभाव पार्ने उदेश्यले गरिएको भर्ना वा (स्ववियु) निर्वाचनका लागि निकालिएको मतदाता नामावली सच्याउन माग गर्दै नेविसंघ लगायतका बिद्यार्थी संगठनले निर्वाचन कार्यलयमा तालाबन्दी गरे पछि निर्वाचन तोकिएको समयमा हुन नसक्ने भएको हो ।

रित नपुगी भर्ना भएका वा स्ववियु निर्वाचन आचारसंहिता विपरीत भर्ना भएका र आचारसंहिता विपरित मतदाता नामावलीमा नाम प्रकाशन भएका विद्यार्थीको मतदाता नामावली सच्याई निर्वाचन गराउने तर्फ क्याम्पस प्रशासनले ध्यान समेत नदिएर आफ्नो गलति ढाकछोप गर्न तर्फ लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट क्याम्पस प्रशासन विमुख भएका कारण निर्वाचन हुन नसकेको नेविसंघले जनाएको छ ।

क्याम्पस प्रशासनले सूचना जारी गर्दै रित नपुगेका विद्यार्थी भर्ना गरेको स्विकारे पनि परम्परा भनेर आफुलाई जोगाउदै निर्वाचन प्रक्रियाबाट पन्छिन खोजेको देखिन्छ । यसले गर्दा विद्यार्थी भर्ना जस्तो बिषयमा क्याम्पस प्रशासनले देखाएको अनैतिक क्रियाकलापले मोतिगडा क्याम्पसमा हुने विद्यार्थी भर्ना पठनपाठन र क्याम्पस प्रशासनले गर्ने दैनिक काममा समेत संका उत्पन्न गराएको छ  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry