उदयपुरका २८ कोरोना संक्रमित मध्ये १४ जना घर फर्किए

आज ८ जना डिस्चार्ज
Logo
शुक्रबार, बैशाख २६, २०७७

उदयपुर । २८ जना कोरोना संक्रमित भेटिएपछि कोरोना भाइरसको इपिसेन्टर बनेको उदयपुरका संक्रमित बिस्तारै कोरोनालाई जितेर डिस्चार्ज हुदै छन्। कोरोना अस्पताल बिराटनगरमा उपचार पश्चात हालसम्म १४ जना डिस्चार्ज भै सकेका छन्।

स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उपचाररत संक्रमित मध्ये ७ नेपाली र एक भारतीय गरेर ८ जनालाई आज शुक्रबार डिस्चार्ज दिन लागिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । नेपाली मध्ये एक महिला र चार पुरुष उदयपुरका हुन् ।

उदयपुरमा संक्रमित अवस्थामा फेला परेका उनीहरुलाई वैशाख ९ गते उपचारका लागि विराटनगर ल्याइएको थियो । कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको पोजेटिभ आएको थियो ।रिपोर्ट पोजेटिभ आएकालाई थप उपचार जारी राखिने छ ।

कोरोना अस्पताल बिराटनगरमा ३१ जना उपचाररत छन्। जसमा २८ जना उदयपुरबाट पुष्टि भएर गएका हुन् भने २ जना झापाका र एक जना भोजपुरका छन्। यस अघि ६ जनालाई उपचारपछि डिस्चार्ज गरिसकिएको छ। आज ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् ।

डिस्चार्ज भएर उपचार केन्द्रबाट विदा हुने तयारीमा रहेका र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry