पिपिइ सेटसहित उदयपुरका पत्रकारहरूलाइ स्वास्थ्य सामग्री उपलब्ध

Logo
शुक्रबार, बैशाख २६, २०७७

नेपालकै सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्लाको रुपमा उदयपुर परेपछि यहाँ समाचार संकलन गर्दै आएका पत्रकार हरुको स्वास्थ्य सुरक्षालाई ध्यान राख्दै सम्बन्धित निकायहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन्। आज शुक्रबार रोटरी क्लव अफ गंगबुले १५ सेट पिपिइ सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

क्लवका अध्यक्ष महेश बस्नेतलगायतको टोलीले उदयपुरको पत्रकार महासंघ शाखा कार्यालयमा महासंघका अध्यक्ष भारत खड्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

क्लबले १ हजार थान मास्क, एकसय जोर पञ्जा र ५० थान सेनिटाइजर उपलब्ध गराएको हो । नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताए ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय महासचिव शिव लम्साल, प्रेस युनियनका वर्तमान केन्द्रिय सचिव खिला कार्की लगायतको टोलीले जोखिम क्षेत्र उदयपुरका पत्रकारहरुको अवस्थाको बारेमा स्थलगतरुपमा बुझेका छन् ।

समाचार संकलनमा पहिलो सर्त आप्mनो सुरक्षा अपनाउन सुझाव राख्दै टोलीले अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएका छन् । मास्क, सेनिटाइजरसहित प्रेस ज्याकेटसमेत टोलीले उपलब्ध गराएको छ ।

झा सहित आएको टोलीले अध्यक्ष भरत खड्का लगायतका विभिन्न पत्रकारहरुसंग पत्रकारहरुको अवस्थाको बारेमा जानकारी लिएको थियो । समाचार संकलन गर्ने क्रममा आफ्नो स्वास्थ्य लगायाताका बिषयमा ध्यान दिन पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले आग्रह गरेका थिए। पत्रकार रहे मात्र पत्रकारिता रहने भन्दै तेस्ता जोखिम क्षेत्रमा समाचार संकलन गर्दा पहिलो आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाब दिएका थिए।

त्यसक्रममा अत्यन्तै चुनौती मोलेर पत्रकारहरु खटिरहेको जानकारी गराउदै अध्यक्ष खड्काले सरकार र सम्बन्धित निकायले स्वास्थ्य सुरक्षाका प्याकेज कार्यक्रम सरकारले व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कध्यक्ष खड्काले कम्तिमा संक्रमित क्षेत्रका पत्रकारहरुको स्वास्थ्य विमा हुनुपर्ने माग समेत राखेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry