गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

Logo
मंगलबार, जेठ ०६, २०७७

काठमाडौं । लमजुङका विजयप्रकाश मिश्रले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित २ सांसदबाट आफु र आफ्नो परिवारको जीऊ धन खतरामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।

मिश्रले पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाको निर्देशनमा टोखा नगरपालिका ११ मा रहेको आफ्नो घरको तस्बिर समेत लिएको बताएका छन् । तस्बिर खिच्नका लागि ४ जना युवाहरुको आएको समेत उनले निवदेनमा उल्लेख गरेका छन् ।

तत्कालीन सञ्चारमन्त्री बास्कोटाले घुस बार्गेनिङ गरेको अडियो मिश्रले सार्वजनिक गरेपछि उनले तत्कालै मन्त्री पदबाट राजीनामा दिएका थिए । आले डोटी र पाठक बाग्लुङबाट निर्वाचित सांसद हुन् ।

मिश्रले ताप्लेजुङका घनबहादुर कुताल र चित्रबहादुर कुतालले आफ्नो ठेगाना पूर्वमन्त्री बास्कोटालाई दिएको दाबी गर्दै आफुलाई मार्ने षडयन्त्र भैरहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry