भारतले भन्यो : नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्दैनौँ

Logo
बिहिबार, जेठ ०८, २०७७

लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको छ। नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको छ।

बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका छन्। नेपालले बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो।

नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतको दाबी छ।

‘नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा जारी गरेको छ। जसमा भारतीय भूभाग समेत समावेश छ। यो एकपक्षीय कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकारहरुलाई जवाफ दिँदै भनेका छन्, ‘यो सीमासम्बन्धी मुद्दालाई कुटनीतिक संवादमार्फत हल गर्ने समझदारीविरीत छ।’

‘भौगोलिक दाबीमा कृत्रिम वृद्धि गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ। यसअघि भारतले एकपक्षीयरुपमा नक्सा सार्वजनिक गर्दा नेपालले पनि भारतलाई ठीक यही आरोप लगाएको थियो।

भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पनि चर्किएको थियो।

यस विषयमा भारतले निरन्तर एउटै अडान राख्दै आएकोबारे नेपाल जानकार रहेको बताउँदै श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छौं।’

उनले नेपाली नेतृत्वले थाँती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउनेछ भन्ने आशा गरेको समेत बताएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry