जनप्रतिनिधि संलग्न भएर ठेक्का पट्टा, डोजर, क्रसर ब्याबसाय लगाएत गर्दै आएको त सुनिदै आएकै हो तर उदयपुरमा भने नगरपालिका आफै यो काममा अगाडी देखिएको छ।
उदयपुरको त्रियुगा नगपालिका आफै डोजर चलाएर नदी दोहनमा लागेको छ। जनता लाई लाठी लगाएर लकाडाउनको पालना गर्न लगाउने स्थानीय सरकार र प्रशासन यसैको फाइदा उठाउदै नदीमा डोजर चलाएर नदी दोहन गरिरहेका छन् ।
स्थानीय सरकार आफै मापदण्ड पुरानगरी नदी दोहनमा संलग्न भएको खबर सोलुसन खबर दैनिकले प्रकाशित गरेको थियो। त्यस पछि पनि नगरपालिका सहित त्यसको अनुगमन गर्ने निकाय मौन बसेको थियो। अहिलेपनि पनि मापदण्ड पुरा नगरी नदी उत्खननको कार्य रोकिएको छैन।
बर्खा महिनामा उत्खनन गर्दा वर्षा सँगै आउने बाढीले जोखिम बढाउने हुन्छ तर यो समयमा त्यो पनि मापदण्ड पुरा नगरी ३ मिटरसम्म गहिरा खाडल बनाएर नदी दोहन भैरहेको छ।
नागारिकलाई लकडाउन भनेर खाद्यन्न, ग्यास लगाएतका समान साइकलमा हालेर ल्याउन समेत रोक्ने प्रहरी नगरपालिकाले उत्खनन गर्दै गरेको ठाउमा २/३ वटा डोजर ७/८ वटा ट्रीपर र त्यतिकै मात्रामा ट्याक्टर परिचालन गर्न निर्वाध दिरहेको छ।
नगरपालिकाले उत्खनन गर्दै गरेको बरुवा खोलामा नदि नियन्त्रण गर्न लगाइएको बाधको करिव ५० मिटर नजिक ३ मिटर गहिरा खाडल खनेर नदि उत्खनन भैरहेकोले बर्खामा बर्षा सँगै आउने बाढीले सोहिलेयरमा कटान गरेर गएमा लगाइएको बाध समेत कटान गरेर भासिने हुदा त्रियुगा नगरपालिका १२ न वडाका बिसनपुर सोनापुर लगाएत बस्ति जोखिममा परेको स्थानीय युवराज पराजुली बताउछन।
स्थानीय सरकारले ठेक्का लगाएर नदि उत्खनन गर्न दिनु पर्नेमा आफै मापदण्ड बिपरित नदि उत्खनन गरेर बेच्न, ब्यापार गर्न नपाउने पराजुलीले तर्क गरे। उनले भने, नगरपालिकाले अव यो सामाग्री कसरी बेच्छ त यहाँ मेसिन लगाइएका छन् त्यसको खर्च जोड्नु पर्दो हो त्यसमा लेबर खर्च, कर समाबेश गरेर अनि फाइदा लिएर बेच्ने की कर मात्र समाबेश गरेर बच्ने, सरकार आफै ब्यापार ब्यबसाय त गर्दैन होला ?”
यता नगरापालिकाले भने ठेक्का नलागेका कारण बर्खाको सिजन लागेकोले नदिजन्य सामाग्री आफै उत्खनन गरेर निकाल्न परेको जनाएको छ। अहिले उत्खनन गरेको सामाग्री बिक्री गर्ने भए पनि सामान्यतय नदि बाट उत्खनन गरेर ल्याएको मूल्यनै पर्न जाने र त्यहिँ मूल्यमा बिक्री गरिने नगरपालिकाका राजस्व विभागका सहायक पाँचौ गुरु ढकालले बताए।
जिल्लाका नदिजन्य सामग्री लगाएतको अनुगमन गर्ने निकाए जिल्ला समन्वय समिति भने नगरले यसरि मापदण्ड बिपरित नदि दोहन गर्दा मुक दर्शक बनेको छ। “स्थानीय सारकार आफै उपस्थित भएर उत्खनन गर्दै आएको स्थानमा हस्ताक्षप गर्न जान भएन ठिकै होला भनेर वास्ता गरेनौ” जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले भने, ” मापदण्ड बिपरित भएको रहेछ भने अव रोक्छौ र मापदण्ड पुरा गर्न निर्देशन दिन्छौ।”
नगरपालिकाले आफै नदिजन्य पदार्थ उत्खनन गरेपछि खोलामा दैनिक ढुंगा गिटी बालुवा चालेर जिविको पार्जन गर्दै आएका स्थानीयको जिविको पार्जनमा समस्या परेको स्थानीयले गुनासो गरेका छन्।
मेयरका दाजुको दादागिरी
दिनहु बरुवा खोलामा ढुंगा बटुलेर, गिट्टी बालुवा चालेर आफ्नो जिविकोपार्जन गर्दै आएका किसन दनुवारले आफु खोलामा ढुंगा बटुल्न जादा नगरपालिकाले उत्खनन गर्न पठाएकाहरुले आफुलाइ ढुंगा हानेर ढुंगा बटुल्न नदिएको जनाएका छन्।
स्थानीय स्कुलमा बिद्यालयमा अध्यापन गराउने हाल अवकाश लिसकेका सन्त सर(सन्तलाल चौधरी) भन्नेले आफुहरुलाई ढुंगा गिटी बालुवा चाल्न नदिएको उनले बताएका छन्। ढुंगा बटुल्न जादा नगरले खटाएका डोजर चालकले डोजरले ठोकाउने धम्की दिने गरेको दनुवारले बताएका छन्।
दिनभर लगाएर बटुलेका ढुंगा नगरपालिका मेयर बलदेव चौधरीका दाजु सन्तलाल चौधरीले उठाउन नदिएको र फेरी खोलामा नै फालेर रित्तो हात फर्किनु परेको दनुवारले बताएका छन्।