बेलकाका मेयर आफै भ्रष्टचारमा(भिडियो)

Logo
बिहिबार, साउन ०८, २०७७

उदयपुर – उदयपुरको बेलका नगरपालिका मेयर दुर्गा कुमार थापालाई पलिकाको अनिमियतामा संलग्न भएको आरोप लागेको छ । उपमेयर राजकुमारी चौधरीले नगरपालिकामा भएको भ्रस्टाचार बिरुद्धमा बोल्दै मेयर थापालाई यस्तो आरोप लगाएकी हुन ।

उनले नगरमा साना देखी ठुला सम्म हरेक आर्थिक कारोबारमा अनिमियता हुने गरेको र त्यसमा मेयर थापाको प्रत्यक्ष संलग्नता रहेको बताइन। उनले भनिन, नगरका भ्रस्ट कर्मचारी संग मेयरसाबको नाता सम्बन्ध छ, उनीहरुलाई मेयर साबले संरक्षण गरेर आफै भ्रष्टचारमा सलग्न हुनुहुन्छ ।

उपमेयर चौधरीले अहिलेको अवस्था नै रहिरहे नगरमा काम गर्न असहज हुने भन्दै राजीनामा दिने घोषणा गरेकी छिन्। उनले नगरपालिकामा सामग्री खरिद प्रक्रियादेखि अन्य कुरामा अनियमितता हुने गरेको र आफूले त्यसबारे पटकरपटक कुरा उठाउँदा पनि त्यसको कार्यान्वयन नभएको भन्दै आफू पदमा बस्नुको औचित्य नरहेको बताइन ।

उनले सोलुसान टिभीसँग कुरा गर्दै भनिन् ुनगरपालिकामा एउटा पंखादेखि स्काभेटर खरिद सम्ममा अनियमितता भएको छ । मैले डेढ वर्षदेखि योबारे कुरा उठाइरहेको छु । तर त्यो कुराको कुनै सुनुवाई हुदैन भने मैले यहाँ बस्नुको कुनै औचित्य हुदैन, म पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु ।

नगरपालिकाका कम्युटर सहायक अपरेटर सन्तोष पौडेलबाट भ्रष्टचार भएको र डेढ वर्षदेखि आफूले उठाउँदै आएका कतिपय विषय नगर प्रमुखले नमानेको उनको भनाइ छ । उपमेयर चौधरीले कम्प्युटर सहायक अपरेटर पौडेलले पंखादेखि स्काभेटर खरिदमा भ्रष्टाचार गरेको र सो भ्रष्टाचारमा मेयर थापा समेत संलग्न रहेको आरोप लगाएकी छन् । नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको उनको आरोप छ ।

नगरपालिकाभित्र भएका भ्रष्टचारका प्रमाण आफूसँग भएको पनि उनले दाबी गरेकी छन् । तर मेयर दुर्गाकुमार थापाले भने सामग्री खरिदमा कुनै पनि अनियमितता नभएको दाबी दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry