उदयपुरको कोभिड अस्पतालबाट खोटाङका १ सहित १५ जना कोरोना जितेर फर्किए

Logo
शुक्रबार, भाद्र १२, २०७७

उदयपुर- उदयपुरको कोभिड अस्पतालबाट थप १५ जना उपचारपछि निको भएर घर फर्केका छन् । उदयपुरको चौदण्डिगढी नगरपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये नौ जना पुरुष र छ जना महिला निको भएर आज घर फर्केका हुन् ।

बेलका नगरपालिकाका सात जना, त्रियुगा नगरपालिकाका सात जना र खोटाङको चुईचुम्मा गाउँपालिकाका एक जना गरी १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरुको पछिल्लो पटक यहि भदौ ९ गते १६ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

उक्त स्वाव परिक्षणमा १५ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जना पुरुषको रिपोर्ट शंकास्पद आएपछि पुनःस्वाव संकलन गरी परिक्षणको लागी पठाएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry