

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४÷१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् ।
त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई÷दुई पुरुषमा सङ्क्रमण देखिएको छ ।
झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार १०४ पुगेको छ ।