

उदयपुर । उदयपुरको बेलाका नगरापलिकाका केहि स्थानीय युवाहरुले फुड बैंकको स्थापना गरेका छन्। बेलका नगरपालिका २ स्थित नव सार्वजनिक युवा क्लबका युवाहरुको पहलमा फुड बैंकको स्थापना भएको हो।
पहिलो चरणमा नगरका १ र २ नं वडामा खाद्यान्न बैंक संचालन गरेको स्थानिय युवा तथा अभियन्ता नविन चौधरीले जानकारी दिए। देश तथा बिदेशमा बसेका युवाहरुको सक्रियता तथा आर्थिक संकलनमा खाद्यान्न बैंक स्थापना गरेको चौधरीले बताए।
पहिलो चरणमा फुड बैंकमा जम्मा भएको खाद्यान्न बाट सो वडाका १८ बिपन्न परिवारलाई २५ kg चामल, ५ kg दाल, २ लिटर तेल २ पोका नुन, ३ kg भुजा र २ डल्ला साबुन वितरण गरेको चौधरीले जानकारी दिए।
अहिले दुइटा वडामा संचालनमा रहेको फुड बैंकलाई निरन्तरता दिदै नगरका सबै वडामा संचालनमा ल्याउने युवा अभियन्ता चौधरीले बताए।