उदयपुर – उदयपुर कांग्रेसले विविध कार्यक्रम गरी नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ।
जिल्ला पार्टी कार्यालयमा आज कोइरालाको तस्विरमा फुल माला अर्पण गर्दै एक मिनट मौन धारण गरेर जन्मजयन्ती मनाइएको हो। बीपी जयन्तीको अवसरमा तय गरिएका कार्यक्रमअन्तर्गत “बीपीको विचार नेपालको समुन्नतिको मूल बाटो” बिषयक बिचार गोष्टिमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुले बिचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा आफ्नो बिचार राख्दै सभापति बिदुर बस्नेतले कांग्रेसमा यसको उसको नभनी समग्र कांग्रेस एक जुट भएर जानु पर्ने बताए। पार्टी स्थापना गर्दा बीपीले जसरि पार्टीलाई एक ढिक्का बनाएर लानु भएको थियो त्यसै गरि आज कांग्रेस एक ढिका हुन जरुरि रहेको उल्लेख गरे ।
यस्तै कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतले कांग्रेसको बिचारमा स्खलन हुदै गएकोले बीपीको बिचारलाई नया ढंगबाट विश्लेषण गर्दै आजको युग सुहाउदो बनाएर लानु पर्ने बताए। हामी १४ औ महादिबेशानको संघारमा छौ कांग्रेसमा नेतृत्वमा मात्र कुरा गर्ने हैन नयाँ बिचार र पद्दतिको पनि कुरा गरेर कांग्रेसलाई नयाँ र सुध्रिण बनाएर लैजानु पर्नेमा उनले जोड दिए।
यता बिपी जन्मजयन्ति कार्यक्रमको अवसरमा सत्तारुढ दल नेकपा लगाएत विभिन्न दल छाडेर ७५ जना युवा कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा राष्ट्रिय युवा संघ जिल्ला सदस्य युवराज भुजेल, यम बहादुर लामा लगाएतका कार्यकर्ता कांग्रेस प्रवेस गरेका हुन्।
नव प्रवेसी हरुलाई त्रियुगा नगरकी उपमेयर देवी चौधरीले अबिर लगाएर स्वागत गरेकी थिइन भने सभापति बस्नेतले सदस्यता बितरण गरेका थिए। क्षेत्रिय सभापति बस्नेतले खादा ओढाएर स्वागत गरेका थिए।