मदन भण्डारी आँखा अस्पताललाई क्वारेनटाइन बनाईने

ब्यारेक खाली गरेर पनि क्वारेन्टाइन
Logo
बुधबार, चैत्र १२, २०७६

गाईघाट । नेत्रज्योती संघ उदयपुरले मदन भण्डारी आँखा अस्पताललाई क्वारेनटाइन बनाउने निर्णय गरिएको छ । निर्माण सम्पन्न भइसकेपछि सञ्चालनमा आउन नसकेको आँखा अस्पताललाई क्वारेनटाइनमा बनाउने निर्णय गरिएको हाे ।

भवन निर्माणको काम सकिए पनि अस्पतालाई सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने भएकाले क्वारेनटाइनमा प्रयोग गर्ने निर्णय गरीएकाे अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए । उनले प्रदेश सरकारलाई पत्राचार समेत गरिसकिएको जानकारी दिए ।

भवनको झ्यालमा आल्मुनियम हाल्न बाँकी रहेको र ३ दिनभित्रमा त्यो काम पनि सकिने उनले बताए । उनले त्यसलाई क्वारेनटाइन वा आइसोलेसन वार्ड समेत बनाउन सकिने बताए । नेत्र ज्योति संघ उदयपुरका सभापति समेत रहेका अध्यक्ष राउतका अनुसार तीन तले अस्पतालको भवनमा ४२ वटा कोटा छन् ।

आइसोलेसन बनाउने हो भने ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने उनले बताए । ‘यतिबेलो सबैको लक्ष्य महामारी अन्त्य गर्नु नै हो, त्यहिँ भएर सञ्चालक समितिले यस्तो निर्णय ग¥यो’ उनले भने, ‘हामीले निर्णय मूख्यमन्त्रीज्यूको कार्यालयमा पुर्याइसकेका छौं, अब यसलाई प्रदेश सरकारले प्रयोग गर्न सक्छ ।’

यस अघी कोरोना भाइरस (कोभिड –१९) को सम्भावित सङ्क्रमणलाई रोक्न नेपाली सेनाले ब्यारेक खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ ।

नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ मा रहेको बेलसोत क्याम्पलाई खाली गरेर क्वारेन्टाइनमा परिवर्तन गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry