काठमाण्डौँको वीर अस्पतालमा कोरोनाको कारण देखाउँदै बिरामीलाई मारिएको भिडियो लाइभ सार्वजनिक भएको छ । रुपन्देहीको भैरहवाका एक ब्यक्ति विरामी भएपछि वीर अस्पतालमा भर्ना भएका र उनलाई कोरोनाको कारण मृत्यु देखाउँदै मारेर आँखा झिकिएको भन्दै बब्लु गुप्ता नेपालीले भिडियो लाइभ सामाजिक संजालमा सार्वजनिक गर्नु भएको छ ।
यसपछि यो भिडिओ भाइरल नै बनेको छ । विरामीका आफन्तका अनुसार रामलखन जैसवाल त्यहाँ भर्ना भएकोमा अहिले घाँटी रेटिएको छ । आँखा निकालिएको छ । शरीरभरी चोटै चोट छ । आफन्तले विरामीलाई देखाउन भन्दा पनि छुन नहुने भन्दै अस्पतालले देखाउन नमानेको विरामीका परिवारले सार्वजनिक भिडिओमार्फत् भनेका छन् ।
भिडिओ मा विरामीका आफन्तले कोरोनाको नाममा डाक्टरहरुले आँखा झिक्न यसो गरेको दावी गरेका छन् । यो विषय बाहिरीसकेपछि अहिले अस्पतालमा बाक्लो संख्यामा भीँड भएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।
यस घटनापछि अस्पतालमा रहेका अरु ब्यक्तिले चिकित्सकले कोरोनाको कारण देखाउँदै आँखा, मृगौल लगायत झिकेर ब्यापार गर्ने नियतले यसो गरेको भन्दै आक्रोशित भएका छन् ।
यस विषयमा अस्पतालले भने उपचारका लागि ल्याइएका जैसवालको अस्पताल पुग्दा नै मृत्यु भइसकेको प्रष्ट पारेको छ । असोज ३ गते राती उपचारका लागि ल्याइएको उनको आकस्मिक कक्षमा ल्याउँदा नै मृत्यु भएको अस्पतालले बताएको छ ।
मृत्युपछि कोरोना परीक्षण गराउँदा सोमबार पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको वीर अस्पतालका निर्देश डाक्टर केदार सेन्चुरीले जानकारी दिए । यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जैसवालमा अचानक श्वासप्रश्वासमा समस्या देखेपछि कारागारभित्र भएको अस्पतालमा लगिएको बताए ।
त्यहाँबाट वीर लान भनेपछि वीर अस्पताल पठाएको उनले बताए । मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि उनले दावी गरे । शंका लागे सिसिटिभी फुटेज हेर्न सकिने जेलर बास्कोटाको भनाई छ ।