उदयपुर । वी.पी. कोइराला युवा विकास मञ्च उदयपुरको नेतृत्व युवा तथा विद्यार्थी नेता सुमित कार्कीले पाएका छन । डा सशांक कोइराला संस्थापक संरक्षक रहेको उक्त मञ्चको केन्द्रीय अध्यक्षमा निलकण्ठ रिजाल रहेका छन । मञ्च विस्तार गर्ने क्रमममा उदयपुरको अध्यक्षमा सुमित कार्कीलाई नियुक्ति गरिएको हो ।
मञ्चले आफनो उद्देश्य प्राप्तीका लागि आफनो संगठानिक सञ्जाल विस्तार गर्ने क्रममा उदयपुरका सञ्जाल विस्तार गर्नको लागी सुमित कार्कीलाई लाई जिम्मेवारी दिएको उल्लेख छ । कार्की नेपाल विद्यार्थी संघ उदयपुरको सदस्य समेत रहेका थिए।