प्रदेश नम्बर १ मा साढे तीन महिनामा १२० वटा बलात्कारका घटना दर्ता, कतिपय बालिका आफन्तबाटै बलात्कृत भएको विवरणमा उल्लेख
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु,४ हजार ३ सय ६४ जना संक्रमित थपिए
आज विश्व दृष्टि दिवस, विश्वमा करिव दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या
चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण, लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख
कोभिड–१९महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दो, झन्डै ११ हजारलाई श्रम स्वीकृति, ५० भन्दा बढी देशमा जान अनुमति
स्थगित शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति, परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु, संसदीय समितिद्धारा उनिहरु विरुद्ध १० दिने उजुरी आव्हान
सन् २०२२ को डीभी फारम खुल्यो, आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह
दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि सुरु, सम्मेलनमा संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र सरकारको पञ्चवर्षीय योजनाका विषयमा कार्यपत्र प्रस्तुत गरिने
काठमाडौका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिदै,सिंहदरबार आसपासका क्षेत्रमा मार्ग निर्माण कार्य शुरु
माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ठगी गरेको अभियोगमा सुनसरीका एक युवक पक्राउ, जुत्तामा लुकाएर ल्याउँदै गरेको १ किलो अवैध सुनसहित दाङबाट ३ जना पक्राउ
नेपाल प्रहरीको स्वीकृतीबिना भिडिओमा प्रहरीको पोशाक प्रयोग गर्न नपाइने, स्वीकृती बिना पोशाक प्रयोग गरे कारबाही हुने
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दो,उच्च सतर्कता अपनाउन सरकारको अपील
यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने,तर, यूएई पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने
र
स्पेनले आप्रवासीमाथि कडाइ गर्ने भएपछि नेपालीहरू पोर्चुगल सर्दै, स्पेनमा आगामी वर्षदेखि आप्रवासी सम्बन्धी नया नियम लागु हुने