नेकपाका वडा अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश

Logo
बुधबार, मंसिर १७, २०७७

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्र बाट वडा अध्यक्षका उम्मेद्वार बनेका व्यक्ति नै कांग्रेसमा प्रवेश गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ मथ्याइका प्रेम बहादुर बिकले नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको त्रियुगा नगरपालिका वडा नं २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बिक सहित ४ जना सत्तारुढ दल नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन्।

पार्टी परित्याग गरि कांग्रेस प्रवेस गर्ने हरुमा नेकपाका क्रियाशील सदस्य पर्शुराम कार्की, गीता कुमारी कार्की र नर बहादुर नेपाली रहेका छन्। नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसद डा. नारायण खड्का, प्रदेश १ का संसद हिमाल कार्की, सभापति बिदुर बस्नेत र क्षेत्रिय सह सभापति बसन्त बस्नेतले खादा तथा अविर लगाई स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि बिकले तत्कालिन माओबादी केन्द्र र एमाले मिलेर बनेको नेकपाले पुर्व माओबादी केन्द्रका कार्यकर्तालाई उपेक्षा गरेको र अब आफ्ना कार्यकर्ता र स्थानीय निर्वाचनका भोटरलाई समेत कांग्रेसमा समेट्दै लैजाने बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry