काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास पुगेका हुन् । यसअघि आजै मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल भएको थियो । दुई अध्यक्षको छलफल सकरात्मक नभएपछि प्रचण्ड बालुवाटारबाट फर्किएका थिए ।