झन्डै दुईतिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री केपी ओलीले जनादेश र लोकतन्त्रको अपहरण गरेका छन् । प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति तोकिन । सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्दका कारण पैदा भएको अहिलेको अबस्थामा राष्ट्रपति भण्डारीले ओलीको साथ दिइन त्यसले जनताको अभिमत सहित लोकतन्त्र समेतको चिरहरण गरेको छ ।
नेपालको संविधानमा सरकार बन्ने स्पष्ट आधार हुँदासम्म प्रतिनिधि सभा भंग गर्न पाइने प्रावधान छैन । संविधानको धारा ७६ (५) अनुसारको अवस्था अर्थात् प्रतिनिधि सभाबाट बहुमतको सरकार बन्न सक्ने सम्भावना नै नभएमात्र मध्यावधि निर्वाचन हुनसक्छ । यसैले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री ओलीको सिफारिसलाई मुर्तरुप दिदै राष्ट्रपति भण्डारीले संसद बिघटन गरि अलोकतान्त्रिक र असंवैधानिक निर्णय गरिन ।
आफुलाई लोकतन्त्रको मसिहा र संबिधानको परिपालक भनेर आफुलाई संबिधान जारि गर्दाको जस लिदै आएको नेपाली कांग्रेसले अहिलेको ओलीको अलोकतान्त्रिक र असंवैधानिक निर्णयलाई परास्त गर्न सक्नु पर्दछ।
कांग्रेसलाई लोकतन्त्र प्रति उदासिन बन्दै गएको आरोप लाग्दै आएको छ। जनताको जनमतबाट पनि पछि परेको कांग्रेसले अहिले नेपाली जनताले खोजेको लोकतन्त्रलाई सम्हाल्दै लोकतन्त्रलाई बचाएर जनताको अभिमत जित्ने अवसर समेत आएको छ।
यदि कांग्रेस लोकतन्त्रको पक्षधर र संबिधानको परिपालक हो भने ओलीले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णयलाई उल्ट्याएर संविधानको अक्षर, भावना र मर्मविरुद्ध प्रधानमन्त्री ओलीले गरेको सिफारिस अस्वीकार गरेर विवेक देखाउनु राष्ट्र, जनता र लोकतन्त्रको हितमा हुनेछ ।
कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले ओलीले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णयलाई करेक्सन गर्न नेतृत्वदायी भूमिका खेल्ने हो भने यो सम्भव पनि हुन्छ र उनले जुन अहिले सम्म खेपिरहेका आलोचना हरु छन् त्यसबाट मुक्ति पनि पाउने छन्।
प्रधानमन्त्री ओलीको यो कदमको लोकतन्त्र राष्ट्रियताका पक्षधर सबैले एक स्वरले सबैतिरबाट विरोध गर्नुपर्ने देखिन्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले र देउवाले लिन सक्नु पर्दछ। सामान्य तया नेपाली कांग्रेस र समाजवादी जनता पार्टी, नेपालका नेताहरूले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन् ।
तर बिरोध देखाउनलाई मात्र गरिने विरोधले खासै केहि अर्थ राख्दैन त्यसलाई परिणाममा पुर्याउन सक्नु पर्दछ। अहिले कांग्रेसले गरेको बिरोध खासमा त्यहा सम्म पुग्ने देखिन्दैन। कांग्रेसले अहिले आफ्ना भावना र बिज्ञप्ति मार्फत मात्र बिरोध जनाएको छ।
ओलीले गरेको यस कदमलाई रोक्न यतिले पुग्दैन। संसद विघटनको असंवैधानिक कदमलाई अमान्य घोषणा गर्दै कांग्रेसले नेतृत्व दायी भूमिकामा रहेर सडक मार्फत ओली लगाएत बामपन्थी हरुको स्वच्छाचारितालाई चिर्दै लोकतन्त्रबादीहरुको जनमतलाई बटुल्न सक्नु पर्दछ।
नेपालमा ठूला ठूला राजनीतिक लडाइँसमेत सडकबाट लडिएका छन् र ति लडाई सफल भएका छन्। ति हरेक राजनीतिक लडाइमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहासलाई दोहोर्याउन देउवा कांग्रेस तयार हुनु पर्दछ। कांग्रेसले नेकपाको आन्तरिक द्वन्दबाट सिर्जित अहिलेको परिस्थितिलाई दिर्घकालिन रुपमा सम्म फाइदा लिन सक्नु पर्दछ। अहिले नेकपाको आन्तरिक द्वन्दले नेकपा विभाजित हुने भएपछि नेपाली कांग्रेसले ओलीको निर्णयबाट केहि स्थान बढी सिट जितेर सरकार बनाउन सक्ला तर जनताको बिचार,आशा भरोसा बाट टाडा हुनेछ।
यदि नेपाली कांग्रेस हामि जनताको पक्षमा, लोकतन्त्रको पक्षमा छौ भन्ने देखाउन चाहान्छ भने हामी लोकतन्त्रका पक्षधर हौ संविधानको परिपालक हौ ओली सरकारको असंबैधानिक निर्णय मान्दैनौ भनेर सडक संघर्स गर्दै प्रदिबाद गर्नु नै आजको कांगेसले इतिहासलाई साक्षि राखेर लोकतन्त्र र जनता प्रति समर्पित भएको ठानिनेछ।