संसद विघटन भएकाे तीन दिन बित्दा पनि सभामुख सापकोटा किन मौन छन ?

Logo
बुधबार, पुष ०८, २०७७

उदयपुर । आफ्नै नेतृत्वमा रहेको प्रतिनिधिसभा गैरसंवैधानिक रुपले विघटन भएको तीन दिन वित्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले एक शब्द पनि बोलेका छैनन् । जुन संस्था विघटन भयो त्यही संस्थाका प्रमुखको धारणा भने आएको छैन् ।

कतिपय राजनीतिक दलका नेता तथा कानूनविद्हरुले समेत उनको मौनताप्रति आश्चर्य ब्यक्त गरेका छन् । के सभामुखले विघटनबारे बोल्न नमिल्ने हो ? या बोल्दा अप्ठयारोमा परिएला भन्ने चिन्ता हो ? विघटनको जिज्ञासा राख्नेहरुलाई उनले बुझाउन सक्नुपर्छ । विघटनको विषयलाई लिएर मुलुकभर विरोधको स्वर उठिरहेको छ । तर आफैंले नेतृत्व गरेको निकाय विघटन हुँदा पनि सापकोटा मुकदर्शकजस्तै चुपचाप छन् ।

सापकोटा अहिलेको परिस्थितिको बारेमा सञ्चारकर्मीसँग बोल्नै चाहिरहेका छैनन् ।स्रोतका अनुसार उनी अहिले संवैधानिक र कानूनी क्षेत्रका विज्ञहरुसँगको परामर्शमा व्यस्तछन् । अदालतमा मुद्धा परिसकेको सन्दर्भमा आफूले कुनै निर्णय गर्दा त्यसले राजनीतिकरुपमा मुडभेड निम्त्याउन सक्ने भन्दै सापकोटा अहिले पनि पर्ख र हेरको अवस्थामै रहेको देखिएको छ ।

सरकारले डाकेको संवैधानिक परिषदको बैठकमा उनी संवैधानिक निकायका प्रमुखको हैसियतमा सहभागी हुनुपथ्र्याे । जब उनी प्रचण्ड नेपाल समूहको कुरा सुनेर गएनन् त्यसपछि उनलाई पनि एक समूहको सभामुख भएको आरोप लागेको छ ।

एउटै पार्टीको भए पनि प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध शुरु देखि नै त्यति राम्रो भने थिएन । पछिल्लो समय सापकोटा प्रतिनिधिसभाको बैठक बोलाउने तयारीमा थिए तर प्रधानमन्त्रीले उनलाई पत्तै नदिइकन विघटन गरिदिए । विघटनको विषय अहिले सर्वाेच्च अदालतसम्म पुगेको छ। अहिले सबैको ध्यान अदालतले गर्ने फैसलामा केन्द्रीत भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry