प्रदेश १ मा आजदेखि प्रदेशसभा अधिवेशन – नेकपा दुई समूह एक अर्काविरूद्ध आक्रामक बन्ने तयारी

Logo
बुधबार, माघ ०७, २०७७

आज दुई बजे सुरू हुने प्रदेश १ संसदको सातौं तथा हिउँदे अधिवेशनमा सत्तारूढ नेकपाका दुई समूह एक अर्कालाई निषेध गर्ने तयारीमा लागेका छन्।

प्रदेशसभाको एकै लहरमा सिट व्यवस्थापन गरिएको भए पनि नेकपाका प्रचण्ड नेपाल र ओली समूहले सदनमा एक अर्काविरूद्ध आक्रामक बन्ने घोषणा गरिसकेका छन्। प्रदेशसभामा अधिवेशन सुरू र अन्त्य हुँदा सबै दलका नेताले सदनलाई सम्बोधन गर्ने चलन छ। तर, यसपटक नेकपा विवादकै कारण नेताको सम्बोधन नहुने सम्भावना छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको रूपमा स्वीकार नगर्ने भन्दै सो हैसियतमा बोल्न नदिने अडान राखेको छ। ‘दलका बहुमत सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर नयाँ नेता पनि विधिसम्मत रुपमा छानिसकिएको छ,’ प्रचण्ड नेपाल समूहका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘त्यसैले शेरधन राई हाम्रो दलको नेता होइनन्। भीम आचार्य हाम्रो दलको नेता हो, उहाँले सम्बोधन गर्नुहुनेछ।’

उता ओली समूहले भने मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका प्रचण्ड नेपाल समूहका १६ जनालाई सदनमा प्रवेश नै नदिने बताउँदै आएको छ। ‘निलम्बनमा परेकाहरू सदनमा प्रवेश गर्न पाउनुहुने छैन,’ ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘दलको नेताको हैसियतमा गरिएको कारबाही लागू हुनेछ।’

पुस १२ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता भएपछि एकअर्काविरुद्ध कारबाहीको होड चलाएका नेकपाका दुई समूहको तनावको असरले प्रदेशसभामा प्रभाव पर्ने निश्चितप्राय: छ। मुख्य विपक्षी नेपाली कांग्रेसले सदनलाई सौहार्द्र रूपमा अघि बढाउन माग गरेको छ। ‘हामी सदन निर्वाध अघि बढेको हेर्न चाहन्छौ’, काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘नेकपा विवादको असर नपरोस् भनेर हामीले सम्बन्धित पक्षलाई भनिसकेका छौं।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry